ललितपुरमा पाथीभरादेवीको प्रतिकृति

ललितपुर । पूर्वी नेपालको ताप्लेजुङ जिल्लास्थित प्रख्यात पाथीभरादेवीको प्रतिकृति ललितपुरको लेले नल्लुमा स्थापना गर्न एक कार्यसमिति गठन गरिएको छ । संरक्षक रमेश श्रेष्ठ, उप-संरक्षकमा श्रीमती पूजन बस्नेत रहनुभएको सो मन्दिर निर्माण कार्यसमितिको अध्यक्ष जयबहादुर स्याङ्तान रहनुभएको छ ।

सदस्यहरुमा रोसन श्रेष्ठ, अनिता श्रेष्ठ, माधवराज सिलवाल, दमनराज तुलाधर, दैवज्ञकेशर गोविन्द जोशी, कमला बानियाँ र पदम श्रेष्ठ हुनुहुन्छ । निर्माणधीन सो पाथीभरादेवीको मन्दिरका संरक्षक
रमेशकुमार श्रष्ठ हुनुहुन्छ भने मन्दिर निर्माणका लागि अध्यक्ष जयबहादुर स्याङ्तानले लेले नल्लुमा एक रोपनी जग्गा दान दिनुभएको थियो ।

अहिले अध्यक्ष स्याङृतानले दुई रोपनी जग्गा दान गर्ने घोषणा गर्नुभएको छ । पाथीभरादेवीप्रति आस्था राख्ने भक्तजनहरुलाई उपत्यकामै देवीको दर्शन गर्न सकिने तीर्थस्थलको स्थापनाको तयारीसँगै १४ फिट अग्लो धातुको िसंहवाहिनी पाथीभराको मूर्ति शिवलिङ्ग बसाह चारवटा गणेश कान्छीदेवी लगायत १६ वटा मूर्तिहररु तयार भइसकेको छन् भने मन्दिरको भौतिक तथा आध्यात्मिक श्रीबृद्धिमा पाथीभरा सरोकार समाजले पनि ऐक्यबद्धता जनाएको सो समितिले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.