बुद्धका शान्त मुहारहरु

Advertisements

शान्ति दान

BuddhaBuddha
शान्ति दान – ललितपुर सिद्धपोखरीमा निर्माण भएको जलकुण्डल बिहारका लागि बुद्ध प्रतिमा दान कार्यक्रमका दुई तस्वीरहरु । प्रतिमा वरिष्ठ मुर्तिकार कालु कुमाले र लक्ष्मीमाया अवाले संयुक्त रुपमा दान गर्नुभएको थियो । सो समारोहमा विशिष्ट व्यक्तिहरुको उपस्थिती थियो । साथै मुर्तिलाई सयौ भक्तजनहरुको भीडले बाजागाजा पुर्वक लिएर गएका थिए । 

 शब्द/तस्वीर – सुविन श्रेष्ठ/ललितपुर

ऐतिहासिक नाच

Etihasik nacha

ऐतिहासिक नाच – ललितपुरको पौराणिक नाच मानिएको कार्तिक नाच सम्पन्न गरिदै । पहिलो दिन बाथँ प्याँख देखाएपछि यो नाचको विधिवत् शुभारम्भ हुन्छ । यो नाच कार्तिक डबलीमा देखाईन्छ । यो नाच मध्यरात सम्म चल्छ । जुन सबैभन्दा लामो नाट्य श्रृंखलाको रुपमा उपस्थित दर्शकलाई हाँस्य रसपान गराईन्छ । यसैदिन पाटन दरबारको सुनको ´याल पनि खोलिने परम्परा रहिआएको छ ।

दीपंखा यात्रा

एक पाईला एक तोला सुनको पुष्य

सुविन श्रेष्ठ /ललितपुर
  
नेपालमा मनाइदै आएका चाडपर्व जात्रा र उत्सवहरुको ऐतिहासिक घटनाका स्मरण र विशेष महत्व रहेको हुन्छ । उपत्यकामा हरेक महिना कुनै न कुनै जात्रा वा उत्सव पर्ने गर्दछन् । कुनै चाड वर्ष दिनमा एकपटक मनाइन्छ । कुनै १२ वर्षमा एक पटक मनाइन्छ । ललितपुरको इतिलन्हेमा सम्यक महादान ५ वर्षमा एकपटक परम्परा छ भने स्वयम्भूको भुईंखेलमा सम्यक महादान १२ वर्षको एक चोटि मनाइने गरिन्छ । जुन महादानमा राजालाई समेत निमन्त्रणा गर्ने प्रचलन छ । त्यस्तै भर्खरै बारम्बार आइरहने ती उत्सव भन्दा अलग्गै पहिचान बनाएर सकिएको छ ललितपुरमा दुर्लभ दीपंखा यात्रा ।
३८ वर्ष पश्चात मात्र ५ योगको साइत जुरेकोले दीपंखा यात्रा मनाइएको हो । ५ योग अर्थात कार्तिक संक्रान्ति आश्विन शुक्ल पूर्णिमा आश्विनी नक्षत्र हर्षण योग र रविवार । तर दीपंखा यात्रा मनाइएको दिन असोज ३१ गते सोमबार परेको थियो । यस अर्थमा ४ योग मात्र मिले पनि दीपंखा सम्पन्न भयो । यसको कारण भने असोज ३१ गते घडी पलाको हिसाबले कार्तिक संक्रान्ति नै मान्न सकिने तथा आइतबारको अन्तिम घडी र सोमबारको प्रथम घडी परेकोले सोमबार भए पनि दीपंखा यात्रा सम्पन्न भएको धर्मरत्न शाक्यले स्पष्ट पार्नु भयो । 

असोज ३१ गते सोमबार विहान ललितपुरको नागबहालबाट शुरु भएको यात्रामा १ लाख भन्दा बढी सहभागी रहेको आयोजकहरुले  बताएका छन् ।  यात्रामा सहभागी सबैले भने दीपंखा यात्रा पुरा गरेनन् । लामो पैदल हिडाईमा थाकेका र गलेकाहरु आधा बाटो पूर्व नै यात्रा त्यागे । यात्रामा बुढाबुढी बालबालिका युवायुवती सबै उत्साहप्रद रुपमा सामेल थिए । ललितपुर पुल्चोक निवासी १० वर्षीय ऋजु शाक्य अभिभावक नरेन्द्र शाक्य र  सरिता शाक्य सँगै दीपंखा यात्रामा सहभागी भइन् । तर ऋजु स्वयम्भु पुग्दा नपुग्दै फर्किन । यात्रामा सम्मिलित भएका सयौं बुढाबुढीहरु ललितपुर बुंगमती सम्मका लागि मात्रै भनेर पनि हिडेका थिए । र यात्राको मध्यभाग सम्म आइपुग्दा बुढाबुढीहरु यात्रामा देखिएका थिएन । सहभागी अधिकांश बुढाबुढीले दीपंखा यात्रामा धर्मका लागि र सुनदान गरे सरह हुने भएकोले सहभागी भएको कथन थियो । ५२ वर्षीय चैत्यमाया शाक्य कम्मर कसेर दीपंखा यात्रा पुरा गरिन् । र  जीवनको अन्तिम पलमा सुखद अनुभूति प्राप्त गरेको सुनाइन् ।

नागबहालमा रहेको साँढेको मूर्तिमा धान जौ तिल भटमास तोरी आदि नौथरि अन्न चढाएर यात्रा शुरुवात गरेका थिए भक्तजनहरुले । उपत्यका भित्रका विभिन्न १ सय  ३१ देवीदेवताको पूजा गर्दै दर्शन गरेर लगभग ७० किलोमिटर हाराहारीमा यात्रा सम्पन्न गरी मंगलबार लगनखेल महालक्ष्मी स्थानमा कार्तिक १ गते बिहान यात्रा विसर्जन भएको थियो ।

यात्राको क्रममा निकै रमाइलो अनुभव गरेतापनि व्यापक थकाई र कथिनता भोग्नु परेको ३२ वर्षीय सानुमाया शाक्यको भनाई छ । धर्मसँस्कृतिको निरन्तरता दिनु आवश्यक छ सानुमायाले थपिन् । ूयसै कारण थकाई विसे्रर यात्रालाई पुरा गरेू । दीपंखा यात्राको क्रममा सहभागीहरु थकित भएर कति फर्किए पनि । साथै यात्रा मार्गको विच विचमा सहभागी हुने यात्रीहरुको संख्या पनि सयौं थिए ।  

विशेष गरी लामो समय पछि मनाउन लागिएको दुलर्भ यात्रा दीपंखा कस्तो होला भन्ने कौतुहलता र जिज्ञासाले हजारौं यात्रुहरु यात्रामा  सहभागी भएका देखिन्थे । यात्रामा युवापुस्ताका युवायुवतीले बढ्दो सहभागिता जनाएको थियो । यात्रामा सहभागी पुल्चोकका रामकृष्ण खड्गीले भने ूआफ्नो जीवनकालमा दीपंखा यात्रामा सहभागी हुन पाउनु ठुलो अहोभाग्य होू । त्यसैले यो यात्रा छुटाउन सकिन्न । ूलामो समयको अन्तरमा यो यात्रा परेको हुनाले यसमा बढी सहभागी हुनु स्वाभाविक छ । र अझ यो यात्रामा सामेल भएर एक पाइला हिडेको खण्डमा १ तोला सुनदान दिए सरह पुण्य मिल्ने जनविश्वासले आम भक्तजनहरु हजारौंको संख्यामा यात्रामा हिडेका पाइयो । यसैले पनि सहभागी बढेको बौद्ध विद्धान् धर्मरत्न शाक्यले बताउनु भयो ।

दीपंखा यात्राको यात्रुहरुलाई विभिन्न संघसंस्थाले स्थानीय युवा क्लब सामाजिक संस्था लगायतले खानेपानी र यात्रुका लागि ठाउँठाउँमा प्राथमिक उपचार स्वास्थ्य शिविर र ूअलर्टू अवस्थामा एम्बुलेन्सको पनि प्रवन्ध गरिएको थियो । 

यसरी दीपंखा यात्रामा सहभागी सबै मानिसको उत्साह जनक उपस्थितिले नेपालमा धार्मिक सहिष्णुता जीवित रहेको भान हुन्थयो । जनकथन अनुसार दीपंखा यात्रा बौद्ध परम्परा अनुसार शुरु गरिएको मानिन्छ । तर यो पर्व बौद्धमार्गीमा मात्र सिमित नरहेको यसपटकको यात्राले उजागर गरेको  छ । अझ यात्राको क्रममा घुम्नु पर्ने मार्गमा बौद्ध मार्गीको पवित्रस्थलमात्र नभई हिन्दू धर्मावलम्बी मठ मन्दिर समेत थुप्रै  थिए । यसले धार्मिक सद्धभाव देखाएको छ । यो यात्रा धार्मिक सामाजस्य र सहिष्णुताको ज्वलन्त उदाहरण भएको कथन छ स्थानीय बासिन्दा तारण शाक्यको । यो यात्राले एकआपसमा धर्मप्रति सदभाव सहिष्णुता र सहयोग रहीआएको प्रष्ट हुन्छ ।

दीपंखा यात्रा नेपाल मण्डलका बौद्ध तथा हिन्दू धर्मावलम्बीहरुको श्रद्धा र पर्वको रुपमा लिइने गरिन्छ । यात्रामा सामाजिक समानता उतिकै  छ । यात्रामा कुनै पनि वर्ग र जाति विशेषलाई निषेध गरिदैन । दीपंखा यात्रा समतामूलक परम्परागत सँस्कृतिको जीवित उदाहरणका साथै धार्मिक सामाजिक तथा साँस्कृतिक सहिष्णुताको प्रतिक रहेको आयोजकहरु बताउँछन् । यात्रामा आइपर्ने बौद्ध र हिन्दूहरुका सम्पूर्ण प्रमुख देवी देवताहरुको सामान रुपले सभक्ति पूजाअर्चना गर्दै यात्रा अघि बढाइन्छ । दीपंखा यात्रामा सहभागी हुनका लागि यात्राको अघिल्लो दिन नागबहाल स्थित नीलवृषको प्रतिमा अघि ूकिसलीू अर्थात माटोको पालामा चामल सुपारी र भेटी राखॆर  चढाउने गरिन्छ । यसको अर्थ भन्ने यात्राको अवधिभर कहिकतै कुनै विध्नबाधा नहोस् भन्ने रहेको जनकथन छ ।

दीपंखा यात्रा मार्ग

ललितपुर नागबहालबाट शुरु भएर ललितपुरको इलालन्हे क्वाथभट्ट कुम्भेश्वर टंगल तःबहाल लगनखेलको महालक्ष्मी हुँदै बंुगमती खोकना चोभार झ_िम्सखेल भएर काठमाण्डौं टेकु स्थित पचली भैरव अटको नारायण मरु विष्णुमती सितापाइला इचंगु हलचोक हुँदै स्वयम्भु पुगेर निर्धारित समयसम्म विश्राम गर्दछन् । त्यसपछि स्वयम्भुबाट विजेश्वरी श्रीघलः म्हेपी लाजिम्पाट नारायणहिटी नक्साल टंगाल चण्डोल महाकाल भएर बौद्ध पुग्छन् । विहान सबेरै दीपंखा यात्रामा हिडेका यात्रुहरु बौद्ध पुग्दा मध्यरात हुन्छ । दिनभरिको पैदल थकानमा निर्धारित समय सम्म विश्राम गर्दै रात्री भोजन लिन्छन् । विहानी प्रथम प्रहरमा बाग्मती नदीमा पुगेर स्नान गरी नित्यपूजा गरेपछि पुन यात्राको थालनी हुन्छ ।  बाग्मती क्षेत्रमा रहेका प्रख्यात देवी देवता गुहेश्वरी गोरखनाथ श्री पशुपतिनाथ नीलवृष परिक्रमा गर्दै कोटेश्वर पुग्छन् । त्यहाँबाट ललितपुर प्रवेश गर्ने क्रममा सिखबहिल च्यासल दुपाट हुँदै मतिको -वटुक मा पुगेर दीपंखा यात्रा समापन हुन्छ । यसरी दीपंखा यात्राको पुरै मार्ग अर्थान एक सय ३१ देवीदेवताको दर्शन गरेर फर्किएका भक्तजनहरु जब ललितपुर लगनखेलको वटुक भैरव स्थान हुँदै महालक्ष्मी आइपुग्छन् । उनीहरुका आफन्तहरु परिवारजनले स-सम्मान टिका लगाई सगुन दिएर घर भित्रयाउने चलन छ । जनकथन यस्तो पनि छ कि सगुन नदिएमा दीपंखा यात्रामा प्राप्त हुने धर्म उपलब्धि पूर्ण हुँदैन यात्रामा विभिन्न बौद्ध र हिन्दूका प्रमुख देवीदेवता र अष्टमात्रिकामा अनेक प्रकारका खाद्य पदार्थ धुप दिपबती नीलवृष छापिएको प्रतिमूर्ति वा सो इच्छाले भेटी चढाई अहोरात्र लगभग ३० घण्टा पदयात्रा गरिन्छ । यात्रामा गएको परिवारलाई घरकै मान्छेले सगुन दिएपछि मात्र यात्रा सम्पन्न हुने थिहंटीका बासिन्दा चन्द्रवती श्रेष्ठ भन्छिन् सगुन नदिए पछि धर्म प्राप्त गर्न सकिदैन ।

दीपंखा यात्राको अर्थ

विशेषगरी जनमानसमा दीपंखा यात्राको चर्चा चल्ने गरेतापनि दीपंखा यात्राको वास्तविक अर्थ ’bout आधिकारिक पुष्टि भने फितलो छ । दीपंखा यात्रा शुरु हुनुको पछाडि पनि विभिन्न आधार रहेका छन् । दीपंखा यात्रा पुस्तकमा उल्लेख भएनुसार  दीपंकर बुद्धले वृषभ बोधिसत्वलाई कलियुगमा शाक्यमुनि बुद्ध भई जन्म लिने बताएका थिए । किवदन्तीनुसार सर्वप्रथम दीपंकर बुद्धका आज्ञा अनुरुप निलवृषको जात्रा गरिने चलन बसेको हो । नेपालभाषामा प्राय लामा वाक्यांशलाई छोट्टयाएर उच्चारण गर्ने क्रम सँगै दीपंकर यात्रा अप्रभंश हुँदै  अभिव्यक्त शैलीमा दीपंखा यात्रा प्रचलित भएको दीपंखा गुठी द्धारा प्रकाशित दीपंखा यात्रा पुस्तकमा उल्लेख गरिएको  छ । 

दीपंखा यात्राको शुरुवात

दीपंखा यात्रा ललितपुरको नागबहालबाट शुरु हुन्छ । त्यहाँ सिद्ध भएको नीलवृषको स्मरणमा सो प्रतिमा अघिबाट यात्रा शुरु गरिने परम्परा छ । आधिकारिक रुपमा दीपंखा यात्रा शुरुवात ’bout कुनै ताम्रपत्र र शिलापत्र प्राप्त भएको छैन । यसरी दीपंखा यात्राको आयोजना कहिले देखि भयो  यस’bout प्रमाणित आधारहरु भेटाउन सकिएको छैन । यद्यपि गुठीको -चपिला अभिलेखमा अहिलेसम्म प्राप्त सूची अनुसार निम्न समयमा दीपंखा यात्रा सम्पन्न भयो । जसमा पहिलो दीपंखा यात्रा वि।सं। १९०२ लगतै वि।सं। १९२१ र १९४० १९५९ १९७८ १९९७ २००५ २०२४ र २०६२ मा दीपंखा यात्रा सम्पन्न भयो । भर्खरैको दीपंखा यात्रा नवौ यात्रा हो । वि।सं। २००५ सालमा सम्पन्न दीपंखा यात्रामा १४००० यात्रुहरुको सहभागिता रहेको प।वै। आशाकाजी बजा्रचार्य द्धारा लिखित ूवृष जन्मा वदानू मा उल्लेख छ । यसपालीको दीपंखा यात्रामा ५०००० हजारको हाराहारीमा भक्तजन सहभागी हुने अनुमान गरिएता पनि सहभागी संख्या १ लाख नाघेको दावी दीपंखा यात्रा व्यवस्थापन समितिका महासचिव विकास रत्न धाख्वाले भन्ने भयो । ूयो निकै खुशीको कुरा होू ।

दीपंखा यात्रा किन मनाईन्छ ?

दीपंखा यात्रा दीपंकर तथागतको पाला देखि शुरु भएको मानिन्छ । यद्यपि किन दीपंखा यात्रा भयो  यो स्पष्ट छ की शाक्यमुनि बुद्ध अघिको रुप नीलवृष बोधिसत्वको सम्मानमा यो पर्व मनाईने गरिएको हो । पौराणिकतालाई आधार मानेर अध्ययन गर्दा दीपंखाको सत्ययुगका दीपंकर तथागत सँग घनिष्ठ सम्बन्ध रहेको भेटिन्छ । दीपंकर तथागत एक कल्पका सत्ययुग बुद्ध हुन । दीपंकर यात्राको ऐतिहासिक पृष्ठभूमि यस्तो छ ।
अनन्त कल्पको एक युगमा भगवान् शाक्यमुनि बुद्धले प्रवचन दिदैं गरेको समयमा भिक्ष्ा आनन्दले प्रश्न गरेका थिए ूआश्विन शुक्ल पूर्णिमाका दिन नील महावृषरत्न नाम गरेको साँढेको मंगलोत्सवको आयोजना गरी पूजा गर्ने चलन पनि छ । यो साँढे को हो  कहाँबाट आयो  किन त्यसको पूजा गरियो ू यो प्रश्नमा भगवान बुद्ध मुसुक्क हाँसी त्यस विषयमा स-विस्तार वर्णन गर्नुहुन्छ ।
चार असंख्य र एक लाख कल्पअघि दीपंकर तथागतको पालामा बन्धुमती नगरमा षट्शास्त्रले पांरगत त्रिरत्न प्रति अगाढ श्रद्धा र भक्ति भएका एकजना पण्डित ब्राहम्ण थिए । ब्राहम्णको कुनै सन्तान नभएकोले सेतो कुनै खुन नभएको गौमाता पालन पोषण गरिराखेको थियो । एकदिन त्यस गौमाता गर्भवती भई आश्विन पूर्णिमा आश्विन नक्षत्रका दिन शुभलक्षणयुक्त एक बाछोलाई जन्म दिइन् । त्यस शुभमुर्हतमा रत्नवृष्टि भएको थियो । यो लक्षणले उक्त देशका सम्पूर्ण प्रजागणहरु सम्पन्न भए । 

हिउँ जस्तो निर्मल शंख झै सेतो कोमल शरीर भएको तेजस्वी र सर्वलक्षणयुक्त कुनै धब्बा नभएको सिङ्ग दुइटा मात्र नीलवर्णको हिरा झैं तेज भएर पान खाए जस्तो रातो पातलो लामो जिब्रो र कालो आँखायुक्त बाछो । सो बाच्छो सामान्य नभई बोधिसत्वको रुपमा र साक्षात दैववतार भएकोमा राजा देखि मन्त्री साहु महाजनहरु त्यस बाछोलाई नमस्कार चढाए । बाछो जन्मिए देखि ब्राहम्णको घरमा धनधान्य र द्रव्यरत्नको वृष्टि हुँदै गयो । माउँ र बाछो दुवैलाई सन्तान झै माया गरी बाछोलाई रत्नमय कान्तिमति नामाकरण गरिदियो । त्यस बाछोले जहा जानु परे पनि चैत्य परिक्रमा गरेर त्रिरत्न शरण भनी नामोच्चरण गरी जान्थ्यो र फर्किदा पनि चैत्य परिक्रमा गरी त्यसैगरी घर पस्थ्यो । त्यस बाछो पशु भएतापनि अवश्य पनि बोधिसत्वको रुपमा हुनु पर्छ भनी ब्राहम्णले दिनको तीनपल्ट गोठ गई नमस्कार पनि गर्ने गर्दथ्यो । क्रमश दिन वित्दै जाँदा रत्नमय कान्तिमति किशोरवस्थाबाट युवावस्था पार गर्दै वृद्धावस्थामा पुगे ।  उसलाई अब धेरै दिन बाँच्न पनि मन लागेन । बाँचेर अब के गर्ने जसले पालनपोषण गरे तिनलाई दुख दिई बाच्नुको कुनै अर्थ छैन भन्ने सोची अनित्य संसारको जीवनमरणको चक्रबाट पार हुने संकल्प गरे । र मृत्युपूर्व एकपल्ट भगवान दीपंकर तथागतको दर्शनको इच्छा लिएर रातको तेस्रो प्रहरमा चैत्य परिक्रमा गरी त्रिरत्न नामोच्चरण गरी दीपंकर तथागत विराजमान हुनु भएको गन्धमादन पर्वतमा पुगे । तथागत त्यसबेला धर्मापदेश गरिरहनु भएको थियो । नीलवृषलाई आफ्नो दर्शन गर्न आएको दिव्य चक्ष्ाले हेरेर विचार गर्नुभयो । ूयो वृष भविष्यको भद्रकल्पमा काश्यपबुद्धको शासन अन्त हुनासाथ पुन ःसतकर्मको प्रकाश गर्ने बुद्ध हुने बोधिसत्व होू । अनि तथागतले भन्नु भयो । ूहे भिक्ष्ागण यो वृष अरु झैं सामान्य वृष होइन । कलियुगमा बुद्धधर्म लोप भएर जाँदा पुन सतकर्म जगाउन पंचमहापरित्याग गर्ने हुन् त्यो वृष । लोकका लागि लोकार्थचर्या पुर्ण गर्ने बुद्ध हुनलाई गर्नुपर्ने बुद्धार्थचर्या पुर्ण गर्ने पनि यिनै हुन् । अन्तिम समयमा महाभिनिस्क्रमण गरी बोधिपल्लकंमा चतुर्मार उपर विजय प्राप्त गरी सर्वज्ञाय ज्ञानलाभ गरी धर्मचक्र प्रवंतन गर्ने यिनै हुन् । दीपंकर तथागतले भविष्याकरण गर्नुभयो । र दीपंकर तथागतले आशिर्वाद दिई वृषलाई भन्नुभयो ूहे नीलवृष तिमीले केही चिन्ता लिनुपदैै्रन भविष्यमा तिमी शाक्यकुलमा जन्म लिई शाक्यमुनि नामले बुद्ध हुनेछौ । अनि चर्तुमार विजयी गरी सम्यक्समबुद्ध भई निर्वाण प्राप्त गरी तथागतहरुको भूमिमा बास गर्ने तिमी हुनेछौू । तथागतको भविष्य व्याकरण सुनेर नीलवृष घर फर्किने क्रममा जाँदाजाँदै रात पर्छ । अनि एउटा रुख मुनि बास बस्छ । मध्यरातमा अकस्मात् बाघ भालु बँदेल आदि जंगली जनावरहरुले सताउन थालेपछि दीपंकर तथागतको प्रार्थनामा लीन हुँदै जंगली जनावरहरुको आक्रमणलाई सहन गर्न नसकी अन्तिम देहत्याग गरयो । 

 
उता ब्रहाम्णले नीलवृष खोजीनीति गर्दा चौथोदिनमा जंगलको एक कुनामा हाडको थुप्रो देखे । त्यहाँ नीलवृषको सिङ्ग देखेपछि ब्राहम्णले रत्नमय कान्तिमती मृत्यु भएको थाहा पाए । त्यसपछि ब्राहम्ण अनेक प्रकारले विलाप गर्दै हाडहरु खोलामा लगि गर्भ्रमा राखेर बालुवाको चैत्य बनाए । ती दुई सिङ्ग मध्ये दाया सिङ्ग गजुरमा राखी बाँया सिङ्गमा पानी भरेर एकमहिना सम्म अर्धपूजा प्रदक्षिणा सहित सुगति लाभको कामना गरे । त्यसपछि ३१ दिनमा त्यो बालुवाको चैत्य सुवर्णमय देखियो । अर्ध दिएको बाँया पट्टिको सिङ्ग आकाश झै नीलवर्णको वृषकार भएर त्यसबाट पाचरश्मी निकिलिरहेको थियो । यस्तो आश्चर्यजनक घटना लगतै त्यस वृषकार महारत्न प्रादुर्भाव भएको सिङ्ग लिएर दीपंकर तथागत गए । वृषाकार मूर्ति अर्पित गरी घटनाको वृतान्त सुनाएपछि दीपंकर तथागत रत्नचैत्य भए ठाउँमा पुग्नुभयो । त्यस रत्नचैत्यलाई प्रदक्षिणा गरी पाँच योग संयुक्त भएको त्यसदिनमा तथागतले दैविशक्तिले उत्पन्न भएको त्यस वृषआकार मूर्तिलाई त्यस चैत्यको अग्रभागमा राखी पलिस्था गरी प्राण जजल्प मन्त्र द्धारा उक्त वृषाकार मूर्तिमा प्राण प्रतिष्ठा गर्नुभयो ।

त्यसलाई नील महावृषरत्न बोधिसत्वको प्रतिक भनी नामाभिषेक गर्नुभयो । सोहीबेला देखि प्रत्येक आश्विन पूर्णिमाको दिन चैत्यको प्रदक्षिणा गरी मंगलोत्सव गर्ने प्रचलन अद्यापि कायम छ । यसरी प्रदक्षिणा गरेको पुण्यले पाइला पिच्छे एक-एक तोला सुन दान गरे जति पुण्य प्राप्त हुने अवदानमा उल्लेख गरिएको छ ।

कालान्तरमा रत्नमय वृषाकार नीलवृषलाई्र अमूल्य महारत्न हो भनी ज्ञात हुनगई मानिसहरुले अत्यन्त लोभ गरे । त्यसपछि गोप्य स्थानको खोजीमा नीलवृष नेपालमा ल्याए । सुरक्षित स्थानको रुपमा नीलवृष िपंगलरानीद्धारा निर्मित िपंगल विहारमा राखियो ।  तर त्यहाँबाट नीलवृष चोरी भयो । परन्तु उनीहरुले पचाउन नसकी फिर्ता राख्न ल्याए । त्यसपछि पाटनको हिरण्यवर्ण महाविहार योगाम्बरको गुह्यचक्रस्थलमा -आँगछें जहाँ जो पायो त्यो आउन नहुने जो पायो त्यसले हेर्न नहुने ठाउँमा वृषरत्न नीलवृष राख्न लगियो । यसरी नीलवृष राखिन ल्याइएको दिन देखि पूजादि हुँदा खान खुवाउन भोजन आदिको व्यवस्थामा अलिकति मात्र खाना बनाए पनि कुनै अभाव नहुने भयो । यो कुरा सर्वत्र फैलियो ।

एकसमयमा षतशास्त्रले पारंगत शंकराचार्य नेपाल आइपुगे ।  एकदिन शंकराचार्य गुप्तरुपले पाटनको योगाम्बरको गुह्यालयमा पूजा गर्न आउँदा नीलवृषको कुरा थाहा पाए । तर त्यस गुह्यालयमा मुलगुरु चक्रश्वेर बाहेक अन्य कसैको प्रवेश निषेधले गर्दा शंकराचार्यलाई योगाम्बरको नीलवृष बास गरेको स्थानमा पुग्न असम्भव प्राय भयो ।

यस्तै गुहयालयको पूजासम्पन्न गरेपछि भोजन पश्चात बज्रयाणी विधिविधान अनुसार देवीदेवता र भुतप्रेतहरुलाई सन्तुष्ट पार्न उग्रचण्डीको पूजागरी शेषबली दिने चलन थियो । यस विधिमा अवशिष्ट भोजन मूलस्थानमा राख्न लगिन्छ । यसलाई नेवारीमा ूकलं वाय्गुू भनिन्छ । उक्त ूकलं वाय्गुू स्थान पशुपति मन्दिर नजिक कैलाश रहेछ । शंकराचार्यले गुहयालयका कामदार सँग घनिष्ठ सम्बन्ध कायम गरी नीलवृष बाटामा राखी कैलाशमा मिल्काउन लगे । त्यसपछि नीलवृषलाई गोप्यरुपमा सुरक्षित गरी शंकराचार्यले कुनै पनि हालतमा फर्केर जान नसक्ने गरी चारैतिर मन्त्रसिद्धि बलले दिग्वन्धनमा कैद गरे ।

यता नीलवृष नरहेपछि योगाम्बरस्थलमा पूजा प्रसाद भोजन गराउँदा खाने सामाग्री सिद्धिन्दै गयो । शंकाराचार्य त्यहाँआई नीलवृष लगेको प्रष्ट भयो । त्यसपछि महापण्डितहरुले तीनपल्ट कैलाश पुग्दा पनि ल्याउन सकेन । अन्तत ती महापण्डितहरुले अरु चारजना ऋद्धि सिद्धि प्राप्त आचार्यहरु मिली पुरश्चरण बसी नीलवृष बोधिसत्व वृषदेवलाई आकर्षण गरे यो पुनश्चरण कि्रयाले कैलाशमा बसेका नीलवृष खिच्नथाले । तर शंकराचार्यको दिग्बन्धन कैद रहेकोले नीलवृषले सही बाटो पहिल्याउन नसकी रुम्मलिएर यताउता भौतारिरहयो । यसरी दिग्भ्रम भई घुमी-घुमी पाटनको चक्रस्थल योगाम्बरचक्रस्थल भित्रपर्ने वर्तमान इतिलन्हें नागबहाल त्यहाँ आइपुग्न तीन महिना लाग्यो । नीलवृष सिद्ध भयो । यहीबेला देखि यसैकुरालाई स्मरण गर्दै उक्त बोधिसत्व नीलवृषको यात्रामा ५ योग संयुक्त हुँदा दीपंखा यात्रा भनी मनाईने चलन चल्दै आएको हो ।

दीपंखा यात्राको क्रममा विभिन्न विभिन्न देवीदेवता परिक्रमा गर्नुपर्दछ । यसको कारण भने नीलवृष मन्त्रको प्रभावले सही मार्ग पहिल्याउन नसकी भौतरिनेक्रममा विभिन्न देवीदेवताको शरण लिदै बास बस्दै लगाएर नागबहाल फर्किएको थियो । यसरी नीलवृषलाई संरक्षण गरिदिएकोले नीलवृष फर्किएको मार्गमा परेका १ सय ३१ देवीदेवतालाई कृतज्ञता चढाउन सो मार्ग दीपंखा यात्राका सहभागीले अपनाउनु परेको हो । दीपंखा यात्रामा सहभागी भएका यात्रुहरु पोखरा धरान पाल्पा धनगढी भक्तपुर किर्तीपुर आदि स्थानबाट आएका थिए । साथै यात्रामा फाटफुट विदेशीहरुले पनि सहभागिता जनाएको थियो ।

स्मरण रहोस् -यो दिपंखा यात्रामा लेखक स्वयम पनि सहभागी भएको थियो । यता फेरि तस्वीरहरुको संग्रह हराएकोले क्षमाप्रार्थी छु । कतै फेला परे पनि पक्का अपडेट गर्ने वाचा गर्छु । यस्तो धार्मिक संस्कृति’bout पाठकहरुमा जानकारी रहोस् भनेर पनि यहाँ राखिएको हो । लेखक