ललितपुरमा माओवादीको शक्ति प्रदर्शन

ललितपुर । अन्तरराष्ट्रिय मजदूर दिवसको अवसर पारेर माओवादीले आयोजना गरेको शक्ति प्रदर्शन सहरका बिभिन्न भागबाट भएको थियो  ।

अन्तरराष्ट्रिय मजदूर दिवसको अवसर पारेर आयोजना गरिएको प्रदर्शन राजधानीका बिभिन्न १८ ठाउँबाट सुरु भएको थियो । पुरै राजधानी सहर कम्युनिष्ट झण्डाका कारण रातम्य भएको छ । सहभागीहरु चर्को नारा लगाइरहेका छन् । जुलुस सबै रत्नपार्क तर्फ केन्दि्रत हुन पुग्यो ।

माओवादी प्रदर्शनका कारण बिहानै देखि राजधानीमा सवारी साधन चलेका छैनन् । तर, एम्बुलेन्स, प्रेस, कुटनीतक नियोगलगायतका अत्यावश्यक सवारीहरुमा भने रोक लगाईएको थिएन ।

Advertisements